आदरणीय भक्तजन, सदस्य तथा सहयोगी दाताहरू,
यहाँहरू सबैलाई पशुपतिनाथ मन्दिरको तर्फबाट हार्दिक नमन गर्न चाहन्छौं । यहाँहरूलाई थाहै छ, सन् 2017 तथा 2019 को श्रीमद्भागवत कथा ज्ञान महोत्सव (सप्ताह) मा योजना बनाए अनुसार पशुपतिनाथ भगवान तथा बुद्ध भगवानको स्थायी प्रतिस्थापन गर्नको लागि जग्गा खरीद गरी हाम्रो आफ्नै नेपाली शैलीमा मन्दिर निर्माण गर्ने उद्देश्य पूरा गर्नको लागि हामीले जग्गा खरीदको अभियान चलाएका हौं ।
यसै बमोजिम हामीले ब्राम्पटनको उत्तरमा रहेको ओरेण्जभिल नजिकै चार पाटा मिलेको 10 Acre जग्गा किन्ने कार्यको प्रकृया यही Jan 6, 2023 का दिन सम्पन्न भएको छ ।
Jan 6, 2023 का दिन भएको यस ऐतिहासिक एवम् बिशेष कार्यमा मन्दिरलाई तन, मन र धनले सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू सबैलाई साधुवाद, धन्यवाद अनि भगवान श्री पशुपतिनाथको अनन्य आशीर्वाद ।
यहाँहरूको तर्फबाट गच्छे अनुसारको दान रकम e-Transfer मार्फत वा हामीलाई सम्पर्क गरी आफ्नो दान दातव्य सहयोग गरी हामी सबै नेपालीको गौरव हाम्रा समस्त हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्था केन्द्र भगवान श्री पशुपतिनाथ बाबा भोलेनाथको मन्दिर निर्माण गरी यस क्यानाडामा हाम्रो पौरख र हाम्रो गौरव स्थापना गरी अनन्त कालसम्म हाम्रो धर्म, परम्परा, संस्कृतिको निरन्तरता भावी पिढ़ीलाई हस्तान्तरण गर्ने अठोटका साथ आफूले सकेसम्म सहयोग गरी यस बिशेष कार्यमा सहभागी भइदिनु हुन विनम्र अनुरोध गर्दछौं । मन्दिरलाई हजूरले दिन चाहनुभएको कुनै पनि सहयोग संकलनका लागि हामीलाई सम्पर्क गर्नुहोला ।
नोटः यदि हजूरले आफ्नो सहयोग, दान–दातव्य रकम सार्वजानिक गर्न चाहेमा हामीलाई जानकारी गराउनुहुन समेत अनुरोध छ ।
E-transfer: donation@nchc.ca
1.5 hours
7955 Torbram Rd, Brampton
1.5 hours
Virtual Program
3 Hours
7955 Torbram Rd, Brampton
Krishna said:: "If money help a man to do good to others, it is of some value; but if not, it is simply a mass of evil, and the sooner it is got rid of, the better."
NCHC Spokesperson
TEL: 905-494-0450Chairperson and Director
President and Director
Vice Chairman and Director
Spokesperson and Director
Treasurer and Director
Secretary and Director
Joint Secretary and Director
Joint Treasurer
Director
Director
Director
Director
Director
Director
Director